जिप दुर्घटना अपडेट : गम्भिर अवस्थाका ७ जना घाईतेलाई थप उपचारको लागि रिफर

सोमबार, मंसिर ४, २०८०

रुकुम पश्चिम । सोमबार बिहान रुकुम पश्चिममा जिप दुर्घटना हुँदा गम्भिर घाईते भएका सात जनालाई थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा घाईते चौरजहारी नगरपालिका वडा नम्वर १४ की ४ बर्षिया डिला बिष्ट र सानीभेरी गाउँपालिका वडा नम्वर २ निवासी सपना बुढाको १७ महिनाको छोरा प्रतिक बुढालाई थप उपचारको लागि एम्बुलेन्स मार्फत नेपालगञ्ज तर्फ लगिएको छ । 

अन्य गम्भिर अवस्थामा रहेका पाँच जना घाईतेलाई थप उपचारको लागि हेकिप्टर मार्फत सुर्खेत लिने तयारी भईरहेको छ । चौरजहारी नगरपालिका १३ का मस्त बहादुर ओली, वडा नम्वर ११ का रण बहादुर ओली, वडा नम्वर १४ का प्रेम परियार, कविता परियार र वड नम्वर १० का प्रविर पुनको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । 

सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । दुर्घटना हुँदा जीपमा सवार २१ जना नै घाईते भएको प्रहरीको भनाई छ । 

अन्य घाईते सबैको चौरजहारी मिसन अस्पतालमा उपचार भईरहेको छ । क्षमता भन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित हुँदा करिब तीन सय मिटर तल खसेको बताईएको छ ।  

चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्