लास बोकेको ट्रयाक्टर दुर्घटना, एक मलामीको मृत्यु

आइतबार, साउन ७, २०८०

अछाम । आईतबार अछाममा लाससँगै मलामीहरु बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अछामको पन्चदेवल बिनायक नगरपालिका ६ कालिकास्थानबाट लास र मलामी बोकेर कर्णालीस्थित घाट जाँदै गरेको ट्रयाक्टर पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिकै दुर्घटनाग्रत भएको हो ।

लाससँगै ट्याक्टरमा बसेका ३३ जना मलामी घाईते भएको स्थानीयले बताएका छन् । घाईते मध्य नौ जनाको अवस्था गम्भिर रहेको छ । 

घाईतेहरुलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्