तेक्वान्दो संघ रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन 

आइतबार, असार २४, २०८०

रुकुम पश्चिम । आइ.टि.एफ. तेक्वान्दो संघ रुकुम पश्चिममा नयाँ कार्यसमिति चयन गरिएको छ ।

आईतबार मुसिकोट नगरपालिका १ खलंगामा भएको संघको दोश्रो जिल्ला अधिवेशनबाट दिपक बि.क.को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । 

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिला प्रसाद ढकालका अनुसार कार्यालयको रोहवरमा नयाँ समिति चयन गरिएको हो । 

नव गठित समितिको उपाध्यक्षमा प्रकाश बिक्रम घर्ती मगर, सचिवमा प्रशान्त बुढा मगर, कोषाध्यक्षमा मनिषा बि.क. चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सुनिल ओली, टेकेन्द्र ओली, जनक बुढा, महेन्द्र बुढाथोकी, टिकाराम बिक, ओमप्रकाश ओली र अञ्जली बि.क. चयन हुनुभएको खेलकुद विकास समितिका कार्यालय सचिव ढकालले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्