नेभिगेशन
घटना/दुर्घटना

हतियारसहित पक्राउ

पोखरा ।

पाँच थान हतियारसहित चार जना पक्राउमा परेका छन् । रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई पाँच थान हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । 

उनीहरुको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल लेन्ससहित एक र बोर राइफल (सर्ट गन) एक गरी पाँच थान हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराए ।

 

कास्कीको रुपा गाउँपालिका–७ तालबेशी तथा सौर्यवासका विभिन्न स्थानहरुमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीमाथि मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारवाही शुरु गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना