नेभिगेशन
घटना/दुर्घटना
पोखरा

पोखरामा फेरि प्याराग्लाईडिङ दुर्घटना: एकजनाको मृत्यु

कास्की ।

लगातार तेस्रो दिन बुधबार पनि पोखरामा प्याराग्लाईडिङ्ग दुर्घटना भएको छ । बुधबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश सुबेदीले जानकारी दिए ।

सराङकोटबाट उडेको केहिबेरमा नै दुर्घटनामा परेका रसियन नागरिक विएमआइ जिभिआइएलको मृत्यु भएको हो । 

पोखरामा गत फागुन १९ गते रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो ।

त्यस्तै २० गते पनि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेका थिए ।

यसैबिच व्यावसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर नतिरेपछि बुधबारदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान बन्द हुने भएको छ।

पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले करको विषयमा सम्बन्धित कम्पनीहरुलाई पत्र लेखेर कर बुझाउन आग्रह गरे पनि उनीहरुले अटेर गरेपछि महानगर र वडा कार्यालयले उडान नै बन्द गर्न लागेको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना