नेभिगेशन
राष्ट्रिय

दशैंको माहोलले भरिदैं सुनसान गाउँघर

रुकुम पश्चिम / हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयदशमी तथा शुभदिपावली जस्ता दुई ठुला चाडपर्वहरु नजिएसँगै गाउँघर भरिन थालेका छन भने शहर बजार रित्तिन थालेका छन ।

अध्ययनको लागी, रोजगारका लागी अथवा कर्म थलो बनाएर शहर बजार पसेका मानिसहरु पर्वको जमघट पारेर गाउँघर फर्किन थालेका छन ।

गाउँमा यतिबेला कृषकको लागि खेतीपाती भित्राउने काम एकतिर भ्याइनभ्याई छ भने अर्काेतिर अन्नबाली लगाउने कामको पनि उत्तिकै चटारो छ ।

गत बर्ष २०७८ सालको बडादशै तथा तिहार मनाएर घर छाडेको जनशक्ति गाउँमा भित्रीन थालेपछि गाउँमा छुट्टै उमंग हुने गर्दछ । सुनसान भएका गाउँहरु रमाइलोतिर फर्किसकेका छन ।

समय र परिवेश परिवर्तन भएपनि बाँचेकाहरुको लागि फेरि उहीँ दिन उहीँ बार फर्केर आउने चौरजहारी नगरपालिका १४ नं वडाका ८९ बर्षिय जेष्ठ नागरिक अहिभान खड्काले बताउनु भयो ।

उहाँका अनुसार असार खेतीपाती गरेर छिमेकी जिल्ला भारतको विभिन्न ठाउँ पुगेका गाउँका आफन्त अहिले रातदिन नभनेरै गाउँमा फर्के भने घर बाहिर रहेका कर्मचारी विद्यार्थी शिक्षक लगाएत सबै गाउँ आउने क्रम चलिरहेको सानीभेरी गाउँपालिका १० का पुर्व वडा सदस्य ठकेन्द्रबहादुर खड्काको भनाइ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित