नेभिगेशन
अन्तराष्ट्रिय
एजेन्सी

इमरानलाई नोबेल शान्ति सम्मान दिलाउन पाकिस्तानमा अभियान

एजेन्सि ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति सम्मानका लागि योग्य नरहेको बताएका छन् ।

पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका पाईलट अभिनन्दन बर्धमानलाई भारत फिर्ता गर्ने कदमको सम्मान गर्दै प्रधानमन्त्री इमरानलाई नोबेल शान्ति सम्मान दिलाउन अभियान चलिरहेका बेला उनले यसका लागि आफू योग्य नभएको प्रष्ट पारे ।

अभियान चलाउनेहरुले प्रधानमन्त्री ईमरानले भारतसँग युद्ध हुनसक्ने आशंकालाई टारेको र यो पुरै क्षेत्रको शान्तिका लागि ठुलो कदम भएको बताउँदै आएका छन् ।

उनीहरुले आफ्ना प्रधानमन्त्रीलाई नोबेल सम्मान दिलाउनका लागि देशभर अनलाईनमार्फत सुरु गरेको हस्ताक्षर अभियानमा अहिलेसम्म ३ लाख भन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् ।

उनीहरुले भारतीय पाईलटलाई रिहा गरेर प्रधानमन्त्री खानले भारतसँगको ठुलो तनावलाई कम गरी आफूलाई एउटा ठुलो नेता सावित गरेको तर्क गरेका छन् ।

तर प्रधानमन्त्री इमरानले आज ट्वीट् गर्दै आफू नोबेल शान्ति सम्मान पाउनका लािग योग्य नरहेको उल्लेख गरेकाा छन् ।
“यसको हकदार ती हुन जसले काश्मिरीहरुको इच्छाअनुसार काश्मिर विवाद समाधान गर्दै पुरै महाद्धिपमा शान्ति र मानवताको विकासको बाटो तयार गर्दछ” ट्वीटरमा उनले लेखेका छन् ।

पाकिस्तानको बालाकोटमा दुर्घटनामा परेको भारतीय लडाकु विमानका पाईलट बर्धमानलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो तर प्रधानमन्त्री खानले संसदबाट सम्बोधन गर्दै उनलाई रिहाईको घोषणा गरेका थिए र बर्धमानलाई अस्ती शुक्रबार भारत फिर्ता गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्तराष्ट्रिय

सोलाबाङका गिरी भारतमा बेपत्ता