नेभिगेशन
घटना/दुर्घटना
उदयपुर

विद्यार्थी कुटेको आरोपमा नीजि विद्यालयका एक शिक्षक पक्राउ

उदयपुरः

विद्यार्थी कुटेको आरोपमा नीजि विद्यालयका एक शिक्षक पक्राउ परेका छन। मरनासन्न हुनेगरी बिद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–६ जलजले स्थित मेरीबु्रट ईङलिस बोर्डिङ स्कुलका शिक्षक दिपक प्रधान पक्राउ परेका हुन ।


जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कक्षा ८ मा अध्यानरत वर्ष १६ का केशब थापालाई कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो। ‘कक्षा ८ मा अध्ययनरत थापालाई नपढेको भन्दै निलडाम बस्ने गरी कुटिएको छ,’ उनले भने, ‘विद्यार्थीका अभिभावले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।’


पीडित बिद्यार्थी थापाको शरीरको बिभिन्न भागमा निलडाम रहेको छ । विद्यर्थीलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना