तारा प्रसाद ओली

साच्चिकै न्यायालयलाई सुधार गर्ने हो भने Beat Brain हरुलाई जिल्ला न्यायाधीश भन्दा माथि उठ्नै नदिने र लोकसेवाको प्रतिस्पर्धादेखि डराएर चार कोष टाढा भाग्नेहरुलाई सर्वोच्च न्यायालयमा पुर्‍याउने प्रणाली भत्काउनैपर्छ । कानुन पढेका उत्कृष्ट प्रतिभाहरु लोकसेवामा इच्छुक नभएर नआएका पनि हुन सक्छन् तर उनीहरु साच्चिकै न्यायाधीश बन्न चाहन्छन् भने प्रतिस्पर्धामा खरो उत्रेर आफुलाई अब्बल प्रमाणित गर्नैपर्छ । अब सर्वोच्च अदालतमा छड्के एवम् सिधा प्रवेश बन्द गर्नुपर्छ । कम्तीमा उच्च अदालतको अनुभव हासिल गरेको व्यक्तिलाई मात्र सर्वोच्च अदालतमा लैजानुपर्छ । जिल्ला अदालतमा जस्तै उच्च अदालतमा पनि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्छ । उच्च अदालतमा ८० प्रतिशत न्यायाधीश खुला प्रतिस्पर्धाको माध्यमबाट र बाँकी २० प्रतिशत स्थानमा ख्यातिप्राप्त व्यक्तिलाई सिधै ल्याउन सकिन्छ । यसो गरेमा न्यायालयमा हुने गरेको अस्वस्थ राजनीति स्वतः कम हुन्छ । यसो नगर्ने हो भने अब नेपालको न्यायालय कहिल्यै पनि काम गर्न सक्ने अवस्थामा रहनेछैन । मेहनत नगरी सिधै सर्वोच्चमा पुग्न सकिने अवसर हुदाहुदै कसैले लोकसेवा पढ्ने झन्झट गर्दैन । सबै मान्छे म जस्तै मूर्ख हुदैनन् । अब उच्च अदालतको न्यायाधीशमा खुला प्रतिस्पर्धाको व्यवस्था किन नगर्ने रु न्यायालय यस्तो अस्तव्यस्त अवस्थामा पुग्दा नि सुधारको यो विषय किन उठ्दैन रु साच्चिकै न्यायालयमा सुधार ल्याउने हो भने प्रणालीमा रहेको खोट सच्याउनुपर्छ । नत्र यी सबै राजनीतिक दाउपेचका विषयवस्तु मात्र हुन ।

-(तारा प्रसाद ओलिको फेसबुकबाट)

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ००:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसपी ढकाल
२०७८ फागुन २

गणेश सिर्पाली
२०७८ फागुन २

बिनाराम खड्का
२०७८ फागुन २