नेभिगेशन
सामाजिक सञ्जाल

एक शिक्षकले देखे, भोगेको मार्मिक घटना

नमस्कार ।
म सामुदायिक विद्यालयको शिक्षक। कुरा बिहिवारको हो। करिब १२ : ३० बजेतिर एकजना अभिभावक मैले पढाइरहेको कक्षामा आउनु भयो । मैले कारण सोधेँ । उहाँले बिहान बच्चा पुर्याउन आएको, अब घर जान लागेको बताउनुभयो। 

बच्चाको बुबा नभएको र आमा कमाउन बाहिर भएको कुरा मलाई थाहा थियो। मैले बच्चा छोडेर नजान अनुरोध गरे, एक्लै घर जान नसक्ने कुरा पनि अवगत गराए । तैपनी उहाँले अटो चढेर आउनु भनेर निस्किनु भयो, उतै घर गैहाल्नु भएछ। 

उनी (विद्यार्थी) सधै अटोमा आउने जाने गर्ने पनि हैनन । एकदिन अटो कस्को चढ्ने,रोक्ने नरोक्ने पनि केही थाहा थिएन। यस्तैमा स्कुल बिदा भयो । सबै विद्यार्थी घर घर गए। उनी मात्रै स्कुलको गेट नजिक निन्याउरो अनुहार लाएर बसेकी थिइन्। 

पानी परिरहेको थियो छाता पनि थिएन। हामीले (शिक्षकहरुले) अटो खोज्यौ, कुर्यौ । कतै ब्यवस्थापन भएन । न त अभिभावक नै लैजान आउनुभयो। अब हामीलाई पनि घर जान अबेर हुन लाग्यो । यत्तिकै छोड्न पनि सकिएन । अभिभावकको फोन सम्पर्क पनि कतैबाट नभए पछि मैले म सङ्ग घर लिएर गए।

राती ८ बजेसम्म पनि कतैबाट खोजीको खबर आएन। घरमा  चिन्तित होलान् भनेर सम्पर्कको धेरै प्रयास गरे । नानीलाई आमाको फेसबुक आइडी थाहा रहेछ र बल्लबल्ल जानकारी गराए । तैपनि आमा त बाहिर हुनुहुन्थ्यो । 

यहाँ भएका अभिभावकको नम्बर खोजीखोजी नानी म शीत भएको जानकारी गराए। त्यतिन्जेलसम्म पनि नानी कहाँ गयो कहाँ बस्यो खोजी नभएको थाहा पाउँदा त झन् मन उडेर कहाँ कहाँ पुग्यो। के के सोच्यो सोच्यो । हुन त आ आफ्ना बाध्यता होलान्, तैपनि ९/१० वर्षको बच्चालाई त्यसरी बेवारिसे छोड्दा मन कत्ती नआतिने, कस्तो ढुङ्गा भन्दा साह्रो मन है। 

भोलिपल्ट शुक्रबार बिहान सङ्गै स्कुल गयौं । आज त लिन आउनु हुन्छ होला भन्ने सोचेको थिए । १ बजे सम्म कुरे पनि कोहि आउनु भएन । न त फोन नै गर्नु भो । आफै अटो खोजेर घरसम्म पठाउने ब्यवस्था गरियो। 

यो अवस्थामा बच्चाको मानसिकता कस्तो हालतबाट गुज्रेको हुन्छ होला ? पढ्ने मनस्थिति हुन्छ होला कि नाइ ? अब फेरि हामी शिक्षामा गुणस्तर भन्छौं । उनी मात्रै हैनन सामुदायीक स्कुलमा अध्ययन गर्न आउने अधिकांशको अवस्था लगभग उस्तै उस्तै हुन्छ। 

यो हालतमबाट गुजारा गरिरहेका सामुदायीक विद्यालयका अधिकांश विद्यार्थीको शैक्षिक गुणस्तर र ब्यवस्थित तरिकाले पढेका विद्यार्थीको शैक्षिक गुणस्तर कसरी कहाँनेर तुलना गर्न सकिन्छ ? तपाई आफै अनुमान लगाउनुस् ।

अझ यी नानीले भने अनुसार बिहान खानामा चिया र फिनी मात्रै खाएको रे। उफ, दोष कसलाई दिनु यहाँ । सबैका आ आफ्नै बाध्यताले गर्दा बच्चा मारमा पर्छन् अनि सारा दोष जति शिक्षकको टाउकोमा आउछन् । यो पेसा नै यस्तै । आमा, अभिभावक, साथी ,ब्यवस्थापक सबै आफै हुनुपर्ने र पनि फेरि जस भने कहिल्यै नपाइने ।
नोट : गोपनियताको लागि फोटो मधुरो गरिएको छ। सबैको नाम ठेगाना सबै गोप्य राखिएको छ।कसैलाई मर्का परेमा क्षमा चाहान्छु।एक शिक्षक भएको नाताले यति भन्न पाउने अधिकार त मलाई पनि पक्कै छ ।

Screenshot-2025-10-31-202116-1761922319.jpg

(रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित श्री यमुनानन्द नमूना माविमा कार्यरत शिक्षक प्रेमकला बाँठाको फेसबुक वालबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

टिकाराम यात्री

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली