गणेश सिर्पाली

बिहीबार, चैत १५, २०८०

प्रीय विद्यार्थी साथीहरू !

तपाईंहरूले देख्नुभएको होला; नेपाली वर्णविन्यास पढाउने सरले बोर्डमा सामान्य शब्द 'अशुद्ध' लेखेको, अङ्ग्रेजी पढाउने सरले स्कुलमा कुइरे आएको बेला अङ्ग्रेजी बोल्न नजानेर दोभासेको सहायताले कुरा गरेको, गणित पढाउने सर 'जिन्दगीको हिसाब मिलाउन नजानेर' समय र काम पढाउने दिन आधा पिरियड सकिएपछि क्लासमा आएको र सामाजिक पढाउने सरले महिनावारी भएकी सीतासँग लाइनमा छोइएपछि स्कुल पछाडि गएर तितेपाती चपाएको ।

अनि स्वास्थ्य पढाउने सरले सुर्तिले ध्वस्त पारेका पहेँला गिजा देखाउँदै "धुम्रपान स्वास्थ्यका लागि हानीकारक छ" भनेको, विज्ञान पढाउने सरले "सरस्वती पुजा गर ज्ञान् प्राप्त हुन्छ" भनेको, नैतिक शिक्षा बिषय पढाउने सर विद्यार्थीसँग माया जालमा परेको र कम्प्युटर पढाउने सर शिक्षक सेवा अयोगको फारम भर्न नसकेर साइबर धाएको पनि देख्नुभएको होला । यस्तो कुरा मनन् गर्नु ।

चासो राख्नु; हाम्रा बारीहरू किन बाँझा छन् ? अचेल रुनेहरू पशुपतिको आर्यघाट भन्दा अन्तराष्ट्रिय एयरपोर्टमा किन बढी भेटिन्छन् ? बुवा ६ बहिनी छोरी हुँदा पनि किन छोरै जन्माउन चाहान्छन् ? काले कामी तिम्रो घरको बलेसी नाघेर किन यता आउँदैनन् ? अस्ति चुनाव जितेर गएको हाम्रो प्रतिनिधिको गगनचुम्बी महलको स्रोत के हो ? तल्ला घरकी बिधुवा सानीमाकै घर वरपर मसान फालेका पात्लाहरू किन भेटिन्छन् ?

अँ ! चिट गरेर 'ए' ग्रेड ल्याउनु भन्दा आफै लेखेर 'ननग्रेड' हुनु सही हुन्छ । पढ्नु पास हुनु मात्र होईन् । ज्ञान् आर्जन गर्नु तथा जीवन र जगतलाई बुझ्नु पनि हो ।

एसईईमा सहभागी हुने हाम्रो विद्यालय र सबै विद्यालयका विद्यार्थी साथीहरूलाई शुभकामना ।

-(गणेश सिर्पालीको फेसबुकबाट)

ganesh serpali1711590404.jpg

 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसपी ढकाल
बिहीबार, चैत १५, २०८०

बिनाराम खड्का
बिहीबार, चैत १५, २०८०

तकसेरा - पृथीछक बुढा
बिहीबार, चैत १५, २०८०

तारा प्रसाद ओली
बिहीबार, चैत १५, २०८०