नेभिगेशन
समाज

मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

लगातारको वर्षाका कारण आएको बाढी र पहिरोको कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रुकुम पूर्व खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । 

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले भूमे गाउँपालिका –१ को बडीखोलाखण्डमा आएको बाढी र पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँका अनुसार सडकको विभिन्न स्थानमा पहिरो झरेको छ भने बाढीले सडक नै चिरेको छ । 

सडक अवरुद्ध भएको सूचनापछि प्रमुख जिल्ला अधिकारी राईको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी राईले सडक क्षतिग्रस्त भएको बताउनुभयो । त्यसको लागि मध्यपहाडी आयोजना र स्थानीय पालिकासँग समन्वय भएको छ । 

सडक मर्मत हुन केहि दिन लाग्ने बताइएको छ । प्रशासनले उक्त रुटमा हाललाई सवारी साधन सञ्चालन नगर्न अनुरोध गरेको छ । यो सडकखण्ड अवरुद्ध भएपछि रुकुम पश्चिम र रुकुम पूर्वबाट बाग्लुङ, पोखरा हुँदै काठमाडौँ आउजाउ गर्ने सवारी साधनहरु रोकिएका छन् । 

अवरुद्ध सडक चाँडो सञ्चालनका लागि तिव्र प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयले मौसम र सडकमार्गको अवस्था बुझेर मात्रा यात्रा गर्न अनुरोध समेत गरेको छ । 

sadak-anugaman_Rukum-(2)-1790570364.jpg

sadak-anugaman_Rukum-(1)-1790570364.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज