नेभिगेशन
समाज

सानीभेरी नदिको तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह

सानीभेरी नदि किनारका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ । लगातारको वर्षाको कारण बढेको सानीभेरी नदिको कारण जोखिम समेत बढेकोले सतर्क हुन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो । 

प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले नदिले खतराको सतह पार नगरेता पनि यस वर्षको वर्षामा सबैभन्दा ठुलो बहाव आएको बताउनुभयो । 

रुकुम पूर्व हुँदै आउने सानीभेरीले माथिल्लो क्षेत्रतिर क्षति गरेको सूचना प्राप्त भएकोले नदि किनारका बासिन्दाहरुलाई सतर्क रहन उहाँले आग्रह गर्नुुभयो । नदिमा बढेको बहावको कारण रुकुम पूर्वको नाथिगाडमा रहेको झोलुङगे पुल र त्यस क्षेत्रका स्थानीयका घरहरु जोखिममा रहेका छन् । 

प्रमुख जिल्ला अधिकारी गौतमले स्थानीय तह र प्रहरीलाई समेत सर्वसाधारणहरुलाई सचेत गराउन आग्रह गरिएको बताउनुभयो । उहाँले नदिबाट दाउरा निकाल्ने, माछा मार्न जाने, नदि किनार नजिक गएर फोटो तथा भिडियो बनाउने जस्ता जोखिमपूर्ण कार्य नगर्न अनुरोध गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज