नेभिगेशन
समाज

मुसिकोटको खलङ्गा बजारबाट एक महिला पक्राउ 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलंगा बजारबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको मुसिकोट नगरपालिका -२ गुजिलढुंगा निवासी ३३ वर्षीया लक्ष्मी खड्कालाई शुक्रबार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार बैंकिङ कसुर मुद्धामा पक्राउ पुर्जी जारी भएपछि फरार अवस्थामा रहेकी खड्कालाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । खड्का बिरुद्ध पाँच लाख रकम बिगो दाबिसहित बैंकिङ कसुर मुद्धामा अनुसन्धान चलिरहेको छ ।

खड्का बिरुद्ध रुकुम जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेकी खड्कालाई भोली आईतबारको दिन अदालतबाट म्याद थपका लागि उपस्थित गराइने प्रहरीले जनाएको छ । प्रहरीले प्रतिवादी खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर थप अनुसन्धान भईरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज