नेभिगेशन
समाज

रुकुम पश्चिमको सिम्रुतु खोलाले बगाउँदा एक महिलाको मृत्यु

रुकुम पश्चिममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । 

त्रिवेणी गाउँपालिका हुँदै आउने सिम्रुतु खोलाले आज बिहान बगाउँदा मुसिकोट नगरपालिका ११ लहुँ निवासी ५८ वर्षीया बेगमाया परियारको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका ११ को स्याउलीबजारनेर खोला तर्ने क्रममा खोलाले बगाउँदा परियारको मृत्यु भएको हो । घरबाट सिम्रुतु जाने क्रममा परियारलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार मृतकको शव स्थानीय र प्रहरी मिलेर खोलाबाट निकालिएको छ । घटनास्थलमा प्रहरी पुगेर आवश्यक कानूनी प्रक्रिया सुरु गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज