नेभिगेशन
समाज

अत्याधिक रक्तश्राव भएकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार

रुकुम पश्चिमबाट एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका १ निवासी २७ वर्षीया मिना केसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पठाईएको हो । 

प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका अनुसार पाठेघर उल्टिने समस्याको कारण अत्याधिक रक्तश्राव भएपछि स्वास्थ्य अवस्था गम्भिर भएकोले उहाँलाई तत्काल सुविधासम्पन्न अस्पतालमा लैजानको लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

केसी आज बिहान जिल्ला अस्पताल सल्लेमा उपचारको लागि भर्ना हुनुभएको थियो । अस्पतालले रक्तश्रावजन्य आघातको उपचारस्वरुप हातैले पाठेघरलाई सहि स्थानमा फर्काउने प्रक्रिया र कन्डम ट्याम्पोनाड राख्ने कार्य गरेको थियो । 

अवस्था थप जटिल बन्दै गएपछि उहाँलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने भएको तर जिल्लामा आईसियु सुविधा नभएपछि थप उपचारको लागि रिफर गरिएको थियो ।  

प्रमुख जिल्ला अधिकारी गौतमले उहाँको आर्थिक अवस्था समेत कमजोर रहेकोले राष्ट्रिय महिला सशिक्तकरण परियोजनामार्फत हेलिकप्टरमो व्यवसथा गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाईएको जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्