नेभिगेशन
समाज

दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचलाई कडाइ गरेको छ। 

चेकजाँचका क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स), आवश्यक कागजातसँगै मादक पदार्थ सेवन (मापसे) गरे, नगरेको समेत परीक्षण भइरहेको छ। पछिल्लो समय दुर्घटनाहरु बढेपछि ट्राफिक चेकजाँच बढाईएको हो । 

सानीभेरीका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चालक तथा सवारीका कागजात जाँच गर्नुका साथै मापसे परीक्षण गरिरहेको छ। लाइसेन्स नभएका तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको जनाइएको छ।

बुधवारका दिन ट्राफिक प्रहरी सिम्लीले ५ वटा मोटरसाइकललाई मापसेको जरिवाना र २ वटालाई कागजात नभएको भनी होल्ड गरि कारबाहि गरेको जनाएको छ । 

सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्ने उद्देश्यले चेकजाँचलाई कडाइ गरिएको हो। प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज