नेभिगेशन
समाज

बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ मा रहेको बारेको सामुदायिक वनको उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन गरिएको छ ।

आईतबार सम्पन्न उपभोक्ताहरुको आम भेलाबाट लक्ष्मण आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा जनक प्रसाद लामिछाने, सचिवमा महेश प्रसाद लामिछाने, सह सचिवमा दशरथ भाट, कोषाध्यक्षमा दुर्गा शर्मा गौतम चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा गोपा कुमारी लामिछाने, तिलक सेन्चुरी, गिता  बि.क., तुल्सी लामिछाने, अनमोल बादी र सर्जन गौतम चयन हुनुभएको छ । सबै कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । 

उपभोक्ताहरुको साझा सम्पत्तिको रुपमा रहेको वनलाई संरक्षण तथा प्रवद्र्धन गर्न समितिले सक्रिय पूर्वक कार्य गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज