नेभिगेशन
समाज

मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने जनाएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिनमा पनि मुसिकोट नगरपालिकाका नागरिकहरुको लागि राष्ट्रिय परिचय पत्र वितरण गर्ने जनाएको हो । 

प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले राष्ट्रिय परिचयपत्र कार्य वितरणमा बिशेष व्यवस्था गरिएको र सोही अनुसार सार्वजनिक बिदाको दिनमा कार्यालय समय भित्र कार्ड लिन सक्ने व्यवस्था मिलाईएको जानकारी दिनुभयो । उहाँका अनुसार हाललाई यो व्यवस्था मुसिकोट नगरपालिका भित्रका नागरिकहरुको लागि तय गरिएको छ । आवश्यकता र मागको आधारमा अन्य पालिकाको लागि पनि व्यवस्था गर्न सकिने उहाँले जनाउनुभयो । 

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई कार्ड तयार भई वितरणका लागि प्रशासनमा आएकाहरुको विवरण कार्यालयको वेवसाईटमा राखिएको छ । सोहि विवरण अनुसारका नागरिकहरुले सार्वजनिक बिदाको दिनमा पनि कार्य लिन सक्नेछन् । कार्यालयले यो व्यवस्था २०८३ सालको असोज महिनाभर लागु हुने सूचना जारी गरेको छ  । 

कार्यालयको वेवसाईटका लागि जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिम भाग मा क्लिक गर्न सकिन्छ। 

कार्यालयले कार्ड प्राप्त गर्ने क्रममा सम्बन्धित व्यक्तिको जैविक विवरण प्रमाणीकरण गर्नुपर्ने भएकोले सम्बन्धित व्यक्ति नै उपस्थित हुुनुपर्ने र साथमा नागरिकताको सक्कल प्रमाण पत्र र राष्ट्रिय परिचय विवरण दर्ता गर्दा प्राप्त आवेदन÷दर्ता नम्वर वा रसिद ल्याउनु पर्ने जनाएको छ । 

चौरजहारी नगपालिकाको हकमा इलाका प्रशासन कार्यालय चौरजहारीमा सम्पर्क गर्न र अन्य पालिकाको नागरिकको हकमा कार्ड तयार भएको जानकारी एसएमएस मार्फत मोबाइलमा प्राप्त भएपछि कार्यालयमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ । 

809258893_2134688434139906_1400044710834407029_n-1789376956.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज