नेभिगेशन
समाज

मुसिकोटमा लापसे गरेर सवारी चलाउने एक जना पक्राउ

रुकुम पश्चिममा लागु पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य सेवा कार्यालय  र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा गरेको चेकजाँचका क्रमा एक जनाले लागु पदार्थ सेवन गरेर मोटरसाईकल चलाएको पाईएपछि प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका ईन्चार्ज नवीन अधिकारीका अनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत मुसिकोट नगरपालिका -५ सेरीगाउँमा सवारी चालकहरुमा मादकपदार्थ सेवन र लागूपदार्थ सेवन चेकजाँच गरिएको थियो ।

चेकजाँच गर्दा १० जना मध्य १ जनामा लागूपदार्थ सेवन गरेको भेटिएको उहाँले जानकारी दिनुभयो । बाँकी ९ जनाले मापसे र लापसे सेवन गरेको उहाँको भनाइ छ । 

प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाउनेको पहिचान भने खुलाएको छैन । पक्राउ परेका लापसेकर्तालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धन तथा कानूनी कारबाहि अगाडी बढाईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्