नेभिगेशन
समाज

रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या

बुवाको हत्यापछि आफ्नै टाउकोमा हतियार प्रहार

रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरेर छोराले बुवाको हत्या गरेका छन् । 

जिल्लाको सानीभेरी गाउँपालिका ८ हुसुखोला निवासी ७४ वर्षीय बुवा ठकेन्द्र घर्तीलाई उहाँका कान्छो छोरा २८ वर्षीय पारस घर्तीले हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आज (बुधबार) दिउँसो ३ बजे बाख्रा गोठाला गएको बेला पारसले धारिलो हतियार (आँसी) ले बुवाको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा गम्भिर चोट भएपछि घटनस्थलमै उहाँको मृत्यु भएको थियो । 

प्रहरी निरीक्षक परियारका अनुसार पारसले विगतदेखि नै नशाजन्य पदार्थको अत्याधिक प्रयोग गरी झैझगडा गर्ने गरेका थिए । बुवााको हत्यापछि उनले आफ्नै टाउको समेत आँसी प्रहार गरेका थिए ।

उनी घाईते अवस्थामा रहेपछि सानीभेरी गाउँपालिका अस्पताल छोटेबगरमा उपचारकोलागि भर्ना गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्