नेभिगेशन
समाज

नाफाले दियो सानीभेरीका किसानलाई लिची र आँपका बिरुवा

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका कृषकलाई लिची आँपका बिरुवा वितरण गरिएको छ ।

‎नाफा परियोजना अन्तर्गत सानीभेरी गाउँपालिकाका वडा नम्वर २, ३, ६ र १० का किसानलाई बिरुवा वितरण गरिएको हो । 

पोषण पाठशालाको लागि छनोट भएका समूहका सदस्यहरुलाई लिची र आँपको विरुवा प्रति व्यक्ति चार वटाका दरले वितरण गरिएको परियोजनाका सामाजिक परिचालक सर्मिला बुढाथोकी खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक समुहमा जम्मा सहभागी १५ जना सहभागी रहेका छन् । वडा वडामा गएर बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्