नेभिगेशन
समाज

विद्यालयमा निर्माण भएको दश लाखकाे शौचालय महिना दिनमै पहिरोमा पुरियो

रुकुम पश्चिम सानीभेरी गाउँपालिका -११ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको नयाँ शौचालयमा पहिरोले क्षति पुर्याएको छ ।

लगातारको बर्षाले विद्यालयको पछाडि माथिबाट पहिरो आउँदा तिन कोठे नयाँ शौचालयमा क्षति भएको  विद्यालयका प्रधानाध्यापक धनसिंह खड्काले जानकारी दिनुभयो । 

सानीभेरी गाउँपालिका र सुस्वा परियोजनाको साझेदारीमा गत असारमा १० लाखको लगानीमा निर्मित पक्की तीन कोठे शौचालय पहिरो क्षति गरेपछि विद्यार्थी तथा शिक्षक कर्मचारीलाई दिशा पिसाब गर्न अफ्ट्यारो भएको छ । 

‎यस अघि २०८० सालको भूकम्पले विद्यालयको शौचलय भत्काएको थियो । त्यसपछि शिक्षक र विद्यार्थी मिलेर एक कोठाको कच्चि शौचालय निर्माण गरिएको थियो । विद्यालयमा रहेका २९५ विद्यार्थी १३ जना शिक्षक कर्मचारीलाई एक मात्र शौचालयले अहसजता भएपछि हालै नयाँ शौचलय निर्माण गरिएको थियो।

‎‎त्यसैगरी सानीभेरी गाउँपालिका -५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारको दुई कोठे शौचालय पहिरोले क्षति गरेको छ । बर्षाको कारण शौचालयमा क्षति भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्