नेभिगेशन
समाज

नयाँ सालको पहिलो सेवाग्राहीलाई चौरजहारीमा स्वागत

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कार्यालयमा पहिला आउने सेवाग्राहीलाई सम्मान तथा स्वागत गरेको छ । 

नगरपालिकाले नयाँ वर्ष २०८३ सालको पहिलो सेवाग्राहीहरूलाई कार्यालयमा स्वागत गरेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर ८ का रामबहादुर खत्री, वडा नम्वर ६ का विवेक आचार्य र वडा नम्वर ७ का टिकु जैसीलाई स्वागत गरिएको हो ।

आज बिहान ९ बजे नगरपालिका कार्यालयमा आइपुग्नु भएका सेवाग्राहीहरूलाई राष्ट्रिय गान लगत्तै स्वागत गरेर सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले नव वर्षको आगमनसँगै सेवाग्राही स्वागत गरेर नगरपालिका कार्यालय र सेवाग्राही बिचको सम्बन्ध समधुर बनाउनुका साथै थप सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने सङ्कल्प गरिएको बताउनुभयो ।

कार्यालयमा पहिला आउने तीन जना सेवाग्राही र कर्मचारीबीच नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेर स्वागत गरिएको हो ।

673818054_2182815702543068_8869162615891778956_n-1776267857.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज