नेभिगेशन
समाज

सानीभेरीका शिक्षकलाई पेसागत तालिम

रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा शिक्षकहरुको लागि पेशागत विकास ३ दिने तालिम शुरु भएको छ ।

‎सानीभेरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आज देखि तालिम सुरु भएको हो ।  

सानीभेरी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टका अनुसार तालिममा अंग्रेजी र गणित विषयको आधारभूत ६-८ र माध्यमिक ९-१० का विषयगत शिक्षकहरु सहभागी हुनुभएको छ । उहाँका अनुसार तालिममा ७६ जना शिक्षकहरु सहभागी हुनुहुन्छ । 

गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्टको अध्यक्षयतामा भएको तालिम उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टले गर्नुभएको थियो ।

तालिमको सहजीकरण त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगा मुसीकोटका गणित शिक्षक संगम केसी र अंग्रेजी विषयका शिक्षक शेरबहादुर खड्काले गरिरहनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज