नेभिगेशन
समाज

सानीभेरीमा भूकम्पले क्षति गरेका घर पुनर्निर्माणका लागि सम्झौता सुरु

रुकुम पश्चिमको सानीभेरीमा भूकम्पले क्षति गरेका नीजि आवासहरुको पुनर्निर्माणको लागि सम्झौता सुरु भएको छ ।

२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति गरेका नीजि आवासहरुको पुनर्निर्माणका लागि सम्झौता सुरु भएको हो । 

सानीभेरी गाउँपालिका वडा नम्वर १० बाट पुर्नर्माणका लागि सम्झौता सुरु भएको गाउँपालिकाले जनाएको छ । सानीभेरी गाउँपालिका असिस्टेन्ट सब ईन्जिनियर रूद्रगोपाल डाँगीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको डिडिए प्रतिवेदन अनुसार पुनर्निर्माणको काम सुरु भएको हो । शुक्रबार पहिलो दिन वडा नम्वर १० का १३ जना भूकम्प प्रभावितको घर पुनर्निर्माणको लागि सम्झौता भएको डाँगीले जनाउनुभयो ।

‎सानीभेरी गाउँपालिका वडा नम्वर १० का वडा अध्यक्ष टिकाराम खड्काको अध्यक्षयतामा भएको कार्यक्रमका बिच लाभग्राहीहरुसँग सम्झौता गरिएको हो ।

सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काका अनुसार डिडिए प्रतिवेदन अनुसार क्रमैसँग वडा अनुसार भूकम्प प्रभावितहरुसँग सम्झौता गरिनेछ । कार्यबिधि अनुसार मापदण्ड पुगेका अन्य लाभग्राहीहरुसँग क्रमश सम्झौता हुने उहाँले बताउनुभयो । 

वडा कार्यालयबाटै आवास निर्माणको लागि सम्झौताको काम सुरु हुन थालेपछि भूकम्पपीडितहरुले पुनर्निर्माण हुने आशा पलाएको जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज