नेभिगेशन
समाज

अर्मामा गर्भवती महिलाहरुको नि:शुल्क भिडियो एक्सरे 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ को काफलबोटमा रहेको अर्मा स्वास्थ्य चौकीमा एक दिने नि:शुल्क ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) कार्यक्रम गरिएको छ ।

ग्रामीण भेगका गर्भवती महिलाहरूको लागि गर्भ जाँचका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम राखिएको गाउँपालिकाले जानकारी दिएको छ ।

‎आर्थिक अवस्था कमजोर भएका र घरायसी काममा व्यस्त हुने महिलाहरुको स्वास्थ्य जाँच गर्ने र अफ्ट्यारो परेको बेला मात्रै उपचार गर्ने परम्परालाई अन्त्य गर्न निशुल्क ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम राखिएको हो ।

पालिकाका अन्य वडाहरुमा पनि यो कार्यक्रम भएको गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्टले जानकारी दिनुभएको छ । आजको कार्यक्रममा २५ जना गर्भवती महिलाले सेवा लिनु भएको छ ।

‎सोमबार वडा अध्यक्ष भुपाल सिं ओलीको अध्यक्षयतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी ईन्चार्ज गोपाल सिं ओली, स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज