नेभिगेशन
समाज

मुसिकोटबाट तीन दर्जन अनाधिकृत बोर्ड हटाईयो

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले विभिन्न स्थानमा लगाईएका बोर्डहरु हटाएको छ । नगरपालिकाले नगर प्रहरी परिचालन गरेर अनाधिकृत बोर्डहरु हटाएको हो । 

नगर प्रहरी ईन्चार्ज उमेश केसीका अनुसार सार्वजनिक स्थानमा अनाधिकृत रुपमा राखिएका होडिङ बोर्ड, पर्चा, पम्प्लेट ,ब्यानर लगायतका प्रचारप्रसारका  सामाग्रीहरु हटाईएको हो । 

उहाँका अनुसार शुक्रबार तीन दर्जन भन्दा बढी ती सामाग्रीहरु हटाईएको हो । 

नगरपालिकाको अनुमति बिनै राखिएका ती बोर्डहरुको कारण एकातिर नगरको सुन्दरता बिग्रिएको थियो भने अर्कोतर्फ राजश्व संकलनको दायरामा यस्ता कार्यहरु आएका थिएनन् ।  

विभिन्न निकायका पर्चा तथा पोष्टर, प्रचार प्रसार सामाग्रीहरु सडकको पोल, चौतारी, अन्य सार्वजनिक स्थानमा नगरपालिकाको जानकारी बिनै टाँस्ने र समय सकिएपछि समेत नहटाउने गरेको पाईएको छ । जसको कारण सार्वजनिक स्थान दूषित हुनका साथै नगरको सुन्दरतामा समेत असर पर्ने गरेको छ । 

548194982_2622163164783557_2239525609710797425_n-1758295072.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज