नेभिगेशन
समाज

लिजाको नतिजामा चौरजहारी नगरपालिका जिल्लामै पहिलो र कर्णालीमा तेस्रो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामै उत्कृष्ट भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को गुणस्तर परीक्षणसहितको अन्तिम नतिजा अनुसार जिल्लामा पहिलो र कर्णाली प्रदेशमा तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार चौरजहारीले ८४ अंक प्राप्त गरेको छ । त्यसैगरी आठबिसकोट नगरपालिकाले ८३, त्रिवेणी गाउँपालिकाले ८२.७५, सानीभेरी गाउँपालिकाले ७६.७५ र बाँफिकोट गाउँपालिकाले ७१.५० अंक कायम गरेको मन्त्रालयले सार्वजनिक गरिएको नतिजामा उल्लेख गरिएको छ । नतिजामा मुसिकोट नगरपालिकाको परिणाम भने उल्लेख गरेको पाईएन ।

शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

गाउँ तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि शासकिय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन गर्ने गर्दछ । 

b6ca3530-788b-4c10-934b-41b37fb5a899-1755913145.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्