नेभिगेशन
समाज

भूकम्पपछि बनाईएका चार टहरा पहिरोले भत्कायो, ३५ घर जोखिममा

गएराती रुकुम पश्चिमको आठबिसकोटमा चार वटा टहरा पहिरोको कारण भत्किएका छन् । 

लगातारको बर्षाको कारण आठबिसकोट नगरपालिका १४ ज्यामिरकोटमा चार वटा टहरा भत्किएका हुन् । 

वडा अध्यक्ष हुकुमबहादुर पुनले पहिरोले स्थानीय अतिराम मल्ल, रत्नाकुमारी मल्ल, अबिर मल्ल र गोर्खे महताराको टहरा भत्काएको बताउनुभयो । टहरा भत्किदा कुनै पनि मानवीय क्षति भने भएको छैन । 

उहाँका अनुसार भूकम्पपछि निर्माण गरिएका अस्थायी टहरा समेत पहिरोले भत्काएपछि उनीहरुको परिवार गोठमा बस्न बाध्य भएका छन् । 

त्यसैगरी आठबिसकोट नगरपालिका १३ स्थित कालोपहिरो झर्दा यहाँका ३५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । पानी परिरहेकोले थप क्षति हुन नदिन स्थानीयलाई अन्यत्र बस्न अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू