नेभिगेशन
समाज

चौरजहारीमा कर्मचारीसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका कर्मचारीहरुसँग आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरिएको छ ।

नगर प्रमुख पुष्प बादीले निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालसँग कार्यसम्पादन सम्झौता गर्नु भएको हो । त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले नगरपालिकाका विभिन्न शाखा प्रमुख र वडा सचिवहरुसँग सम्झौता गर्नुभएको छ ।

1000108245-1755664577.jpgसम्झौता कार्यक्रममा नगर प्रमुख बादीले कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयनका लागि सबै कर्मचारीले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी र जवाफदेही भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले “सम्झौता कागजमा मात्रै सीमित नरही व्यवहारमा उतार्न सके मात्र सेवा प्रवाहमा गुणस्तर आउनेछ” भन्नु भयो ।

यसैगरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले सम्झौताबाट कर्मचारीहरुको कार्यसम्पादनमा स्पष्टता आउने र नगरवासीले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यसम्पादन सम्झौताले नगरपालिकाका हरेक शाखा तथा वडा कार्यालयको वार्षिक लक्ष्य, जिम्मेवारी र कार्यक्षमता मापन गर्ने आधार तयार गर्ने जनाएको छ ।

1000108244-1755664574.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज