नेभिगेशन
समाज

डाईनामिक युवा क्लबको अगुवाईमा बाँफिकोटको सडक मर्मत

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -६ स्थित मग्मा - बाईपोले - लामाखोला हुँदै पट्रारी सम्मको सडक मर्मत गरिएको छ । 

वडाको जिप्सिङमा रहेको डाईनामिक युवा क्लबको नेतृत्वमा स्थानीयको सहभागीतामा सडक मर्मत गरिएको हो । क्लबका अध्यक्ष दिपेन्द्रराज कुसारीले दिनुभएको जानकारी अनुसार मग्मा - बाईपोले - लामाखोला हुँदै पट्रारी सम्मको करिब पाँच सय मिटर सडक श्रमदानमार्फत मर्मत गरिएको हो । 

युवा क्लबको पहलमा गाउँका ४६ जनाको उपस्थितिमा सडक मर्मत कार्य गरिएको क्लबका अध्यक्ष कुसारीले बताउनुभयो । गाउँमा दैनिक रुपमा यात्रा गर्न असहज भए पछि सडक मर्मत कार्यमा स्थानीयवासी परिचालन गरिएको हो । बर्षाको कारण आएको पहिरो र भलको कारण सडक बिग्रेको थियो ।  

उक्त कार्यमा वडा सदस्य नर बहादुर पुन, नेपाल विद्यार्थी संघ बाँफिकोटका पालिका अध्यक्ष सुस्तम कुसारी, क्लबका पुर्व अध्यक्ष प्रेम बुढा, समाजसेवी अल बहादुर घर्ती  मगर , हंसराज बुढाथोकी, क्लबका सचीव सुनिल शाही, शिक्षक अरबिन्द्र शाही, व्यावसायी सिताराम शाही, युवा दिपक बुढाथोकी लगाएतको उपस्थिति रहेको थियो । 
क्लबले स्थानीय तह तथा सम्बन्धित वडालाई जनजीविकाको सवालमा गम्भिर भई समस्या समाधानमा पहल कदमी लिन अनुरोध समेत गरेको छ । 

sadak-marmat-(4)-1754756092.jpg

sadak-marmat-(3)-1754756090.jpg

sadak-marmat-(2)-1754756089.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्