नेभिगेशन
समाज

सहिद मार्गको काँक्रि - तकसेरा खण्ड चार दिनपछि खुल्यो

सहिद मार्ग अन्तर्गत रुकुम पूर्वको काँकि - तकसेराखण्डको सडक सुचारु भएको छ । 

लगातारको बर्षाको कारण गएको पहिरोले अवरुद्ध भएको पुथा उत्तरगंगा गाउँपालिका -१२ दिखिउमा गएको पहिरो पन्छाएपछि सडक सुचारु भएको पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार दिन अघिको पहिरो आज बुधबार साँझ हटाईएको हो । गाउँपालिकाको पहलमा तीन वटा जेसिबी मेसिन परिचालन गरेर पहिरो पन्छाईएको अधिकृत बिकले जानकारी दिनुभयो । 

बर्षाको समय रहेको र उक्त स्थान पहिरोको जोखिममै रहेकोले आवश्यक सुरक्षा सतर्कताका साथ यात्रा गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

सबै सवारी साधन र यात्रुहरुले मौसम र बाटोको अवस्था बुझेर अत्यावश्यक कामको लागि मात्र यात्रा गर्न गाउँपालिकाले आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्