नेभिगेशन
समाज

लाईटर खेलाउँदा सानीभेरीको एक घरमा आगलागी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ स्थित एक घरमा आगलागी भएको छ । बुधबार बेलुका वडाको गुमाखोलास्थित प्रजित गुरुङ्गको घरमा आगलागी भएको हो । 

प्रहरीका अनुसार गुरुङ्गको दुई तले, ४ कोठे, ढुङगा माटोले बनेको, खरले छाएको कच्ची घरमा आगलागी भएको हो । 

केटाकेटीहरुले लाईटर खेलाउने क्रममा एक्कासी आगलागी भएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी सिम्लीबाट प्रहरी घटनास्थल गएको थियो । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । 

आगलागीबाट गुरुङ्गको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार मानविय र पशुचौपायाको क्षति भने भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज