नेभिगेशन
समाज

चौरजहारीमा बजेट र कार्यक्रमको समिक्षा : सूचकमा आधारित कार्ययोजनामा जोड 

बजेटमा चालुतर्फ ८८.७१ र पुँजीगततर्फ ८६.९५ प्रतिशत वित्तीय प्रगती

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको समीक्षा गरेको छ ।

आर्थिक वर्ष ०८१/०८२ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको अवस्थाका सम्बन्धमा साक्षात्कार गर्न बजेट तथा कार्यक्रम कार्यान्वयनको समिक्षा गरेको हो । 

जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा शाखागत रूपमा बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रस्तुतिकरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट, कार्यान्वयन प्रक्रिया र प्रभावका विषयमा शाखा प्रमुखहरूले प्रस्तुतिकरण राख्नु भएको थियो । 

यस वर्ष विनियोजित बजेटमा चालु तर्फ ८८.७१ र पुँजीगत तर्फ ८६.९५ प्रतिशत वित्तीय प्रगति गरेको छ । बजेट कार्यान्वयन समग्रमा प्रशंसनीय रहेको सहभागीहरूको निष्कर्ष रहेको छ । 

समीक्षा कार्यक्रममा बोल्ने जनप्रतिनिधि र कर्मचारीहरूले समयमै कार्यक्रम तथा योजना सम्झौता गर्ने र अन्तिम त्रैमासिकमा अत्याधिक सक्रियता जनाउँदा अनुगमन र भुक्तानीमा चाप हुन नदिन उक्त प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । 

आगामी वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सूचकमा आधारित बनाइ कार्यान्वयन गर्ने नगरपालिकाको योजना रहेको छ । साउन महिनामै बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइ त्यसको अक्षरस पालना गराइने नगरपालिकाले जनाएको छ ।

कार्ययोजनाका आधारमा त्रैमासिक र मासिक लक्ष्य निर्धारण गरी हरेक महिना शाखा प्रमुखको कार्यसम्पादनका आधारमा जवाफदेही बनाउने नगरपालिकाले तयारी गरेको छ ।

6f008553-a984-4538-8c1a-079168f90e7f-1752334342.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्