नेभिगेशन
समाज

अस्पताल गएकी महिला सम्पर्कविहिन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ निवासी एक महिला सम्पर्कविहिन भएकीछिन् । 

वडाको बिचकटिया निवासी अन्दाजी ३५ वर्षीया मनिषा ओली केसी शुक्रबारबाट देखि सम्पर्कविहिन हुनुभएको हो । 

उहाँको छोरी लक्ष्मी केसीले दिनुभएको जानकारी अनुसार शुक्रबार बिहान चौरजहारीस्थित अस्पतालमा उपचारको लागि भन्दै घरबाट जानुभएकी उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन । उहाँले प्रयोग गर्दै आउनु भएको मोबाईल स्विच अफ रहेको छ । 

आमा सम्पर्कमा नआएपछि चौरजहारी अस्पतालमा आफन्त पठाएर बुझ्दा अस्पतालको रेकर्डमा उहाँको विवरण फेला नपरेपछि परिवारमा त्रास बढेको छोरी लक्ष्मीले जानकारी दिनुभयो । 

मनिषाका श्रीमान्, दुई छोरा र एक छोरी हुनुहुन्छ । श्रीमान् रोजगारीको क्रममा भारतमा हुनुहुन्छ । 

उहाँको खोजी कार्यमा सहयोग गरिदिन परिवारजनले अनुरोध गरेका छन् । अस्पताल आसपास वा अन्यत्र कतै देखेको भएमा प्रहरीमा वा आफन्तजनमा खबर गरिदिन अनुरोध गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्