नेभिगेशन
समाज

अर्मामा भूकम्पले क्षति गरेको मन्दिर युवाहरुको सहयोगमा पुनर्निर्माण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१० अर्मामा भूकम्पले क्षति पुर्याएको मन्दिर स्थानीय युवाको पहलमा पुनर्निर्माण गरिएको छ ।

अमेरिकामा रहेका अर्माडाँडाका युवाहरूको आर्थिक सहयोगमा सहिद स्मृति देउतानाथ मन्दिर पुनर्निर्माण गरिएको हो ।

२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मन्दिर पूर्ण रूपमा भत्किएको थियो । त्यसयता मन्दिर जीर्ण बन्दै गएको थियो ।

अर्माडाँडाका युवाहरूले  मन्दिर बचाउनका लागि २ लाख ५० हजार रुपैयाँ संकलन गरेर निर्माण गरेका हुन् ।  अमेरिकामा रहेका उनीहरुले रकम संकलन गरेर पठाएका थिए ।

सो रकमको उपयोग गर्दै स्थानीयवासीहरूले श्रमदान समेत गरेर मन्दिर निर्माण गरेको स्थानीय खिमराज खड्काले जानकारी दिनुभयो । उहाँले एक महिना काम गरेर मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज