नेभिगेशन
समाज

आज कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा

राष्ट्रिय धान दिवसका अवसरमा असार १५ (आज) गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । जुम्ला बाहेक कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो । 

१५ गतेकै दिन हरेक वर्ष धान दिवस मनाउने गरिएको छ । यो वर्ष पनि प्रदेश सरकारले औपचारिक कार्यक्रम गरी दिवस मनाउन लागेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिइएको हो । 

जुम्ला भने मार्सी धानको बिउ रोप्ने दिन चैत १२ गते सार्वजनिक बिदा दिने गरिन्छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज