नेभिगेशन
समाज

डिग्रे मन्दिरको चार वटा दान पेटिकाबाट दुई लाख चोरी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रशिद्ध धार्मिकस्थल डिग्रे भगवती शाईकुमारी मन्दिरमा चोरी भएको छ । 

गएराती मन्दिरमा रहेको दान पेटिकाबाट नगद रकम चोरी भएको हो । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मन्दिरको मूल ढोकाको ताला फोडेर चार वटा दान पेटिकामा रहेको रकम चोरी भएको छ । दान पेटिकामा रहेको करिब दुई लाख रुपियाँ चोरी भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । चोरीको घटनाबारे प्रहरीलाई जानकारी गराईएको छ । 

यस बिषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले चोरीको जानकारी पाएपछि लगत्तै प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएको जानकारी दिनुभयो ।

टोलीले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । मन्दिरमा रहेको सिसिटिभी क्यामेराको फुटेज जाँच, स्थानीयसँगको बयान लगायतको काम भईरहेको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज