नेभिगेशन
समाज

पत्रकार मनिष खड्कासहित तीन सञ्चारकर्मी सम्मानित

रुकुम पश्चिमका क्रियाशिल पत्रकार मनिष खड्कासहित तीन जना सञ्चारकर्मीहरु सम्मानित हुनुभएको छ । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको २१ औँ नगर सभाको अवसरमा उत्कृष्ट पत्रकार पुरस्कार, २०८१ बाट पत्रकार खड्का सम्मानित हुनुभएको हो । सोहि अवसरमा सञ्चारकर्मी राजेन्द्र बिकलाई पनि उत्कृष्ट प्राविधिकको रुपमा सम्मान गरिएको छ । 

त्यसैगरी सोमबार नै भएको त्रिवेणी गाउँपालिकाले १३ औं गाउँसभामा पत्रकार बलेन्द्र ओली सम्मानित हुनुभएको छ । पालिकाले ओलीलाई संचार क्षेत्रबाट पालिकालाई पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्रले सम्मान गरेको हो । 

चौरजहारीमा सम्मानित हुनुहुने पत्रकार खड्का रेडियो सानीभेरी, कखरा डटकम र नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ ।

नगरपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माण र नागरिक अपेक्षालाई पत्रकारिताको माध्यमबाट सुसूचित गर्दै नगर कार्यपालिकाको कार्यालय र नागरिकप्रतिको सम्बन्ध सुमधुर बनाएकोले उहाँलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । 

त्यसैगरी सम्मानित हुनुहुने सञ्चाकरर्मी बिक रेडियो चौरजहारी एफ.एम.मा कार्यरत हुनुहुन्छ । पत्रकार ओली कखरा डटकम र राससमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्