नेभिगेशन
समाज

मध्य रातमा कासिबाङको एक घरमा आगलागी, सुतिरहेकी महिला जलेर घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ कासिबाङस्थित एक घरमा आगलागी भएको छ । 

शनिबार राति करिब ११ बजेको समयमा घरमा एक महिला सुतिरहेको बेला आगलागी भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार कासिबाङका लिला बुढाको एक तले दुई कोठे खरको छाना भएको घरमा आगलागी भएको हो ।

आगलागीमा परेर लिला बुढाको श्रीमती ५८ वर्षीया धनमती बुढा घर्ती घाईते हुुनुभएको छ । उहाँको ढाड जलेको बताईएको छ । 

प्रहरी निरीक्षक पाठकका अनुसार धनमती बुढा घर्ती घरमा एक्लै सुत्नुभएको थियो । आगलागीबाट उहाँको घर जलेर पुर्ण रुपमा क्षति भएको छ भने घरमा रहेका अन्नपात, लत्ताकपडा,कागजात समेत नष्ट भएका छन् । 

आगलागीमा परेर घाईते हुनुभएकी धनमतीलाई आज बिहानै जिल्ला अस्पताल सल्लेमा उपचारको लागि ल्याईएको छ । उहाँको उपचार भईरहेको छ । 

आगलागी कसैले लगाएको हो वा अन्य कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज