सोसल मिडिया
रुकुुम पश्चिम । रुकुम पश्चिममा सुरक्षित आवास सचेतनाको लागी तालिम संचालन गरिएको छ ।
जिल्लाको सानीभेरी गाउँपालिकाका वडा नम्बर १ चाइनवगरमा र वडा नम्बर २ गिठाकोटमा उक्त तालिम संचालन गरिएको तालिमका सहजकर्ता रमेश खड्काले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को आर्थिक सहयोगमा सुरक्षित आवास सचेतनाको लागि तालिम सञ्चालन गरिएको हो । तालिममा ५१ जना भूकम्प प्रभावितहरको सहभागिता रहेको थियो ।
भूकम्प पश्चात सुरक्षित आवास निर्माणका विषयमा तालिममा सिकाईएको थियो ।