जनसंख्याको आधारमा तयार भएको चौरजहारीको नक्शा हस्तान्तरण

मंगलबार, असार २५, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रशासनिक नक्शा जनसंख्याको आधारमा तयार गरिएको छ । 

चौरजहारी नगरपालिका १ मा रहेको सहिद यज्ञश्वर बहुप्राविधिक शिक्षालयको जियोमेट्रिक ईन्जिनियरिंग विभागले उक्त नक्शा सोमबार नगर प्रमुख पु्ष्प वादीलाई हस्तान्तरण गरेको हो । 

शिक्षालयका लेखापाल यज्ञश्वर शर्माका अनुसार नगरपालिकाका १४ वटै वडाको प्रशासनिक नक्शा तयार गरेर नगरपालिकालाई हस्तान्रतण गरिएको छ । उहाँका अनुसार उक्त नक्शा शिक्षालयमा अध्ययरत जियोमेक्ट्रीक्स इन्जिनियरिङका प्रशिक्षार्थीहरुले तयार पारेका हुन् । उक्त नक्शा जनसंख्याको आधारमा तयार परिएको हो । 

नक्शा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पुष्प वादीले शिक्षालयसँग सहकार्य गर्ने कुरामा जोड दिनुभयो । उहाँले नगरपालिकाको प्रत्येक वडा र हरेक भूभागको नक्शा बनाउन आवशयक रहेको समेत औल्याउनु भयो । उहाँले नगरपालिका भित्रका सरकारी संरचनाहरुको जिपिएसमा आधारित नक्शा तयार गर्न सुझाव दिनुभएको छ । 

शिक्षालयमा सहुलियत कोटासहित प्राविधिक शिक्षाको व्यवस्था रहेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा परिषद्को आंगिक शिक्षालय रहेको यस शिक्षालयमा डिप्लोमा ईन वन विज्ञान, डिप्लोमा ईन जियोमेट्रिक ईन्जिनियरिङ र  फार्मेसी कार्यक्रम सञ्चालनमा रहेका छन् । 

४० वटा कोटा रहेको वन विज्ञान र फार्मेसी कार्यक्रमको लागि १८ वटा र ४८ वटा कोटा रहेको जियोमेट्रिक ईन्जिनियरिङमा १९ वटा कोटामा सहुलियतको व्यवस्था गरिएको छ । सहुलियत कोटामा ५० प्रतिशत छुटको व्यवस्था हुन्छ ।   

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्