चौरजहारीमा दुई सय जनालाई अनुदानमा विद्युतिय चुल्हो वितरण

सोमबार, असार २४, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अनुदानमा विद्युतिय चुल्हो वितरण गरेको छ । 

चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नविकरणीय उर्जा शीर्षकको बजेट कार्यान्वयनको लागि ७० प्रतिशत अनुदानमा विद्युतिय चुल्हो  वितरण गरेको हो ।

चुल्होसँगै एक सेट प्रेसर कुकर, कराईसहित भाँडा सेट समेत वितरण गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिन्भयो । वडा नम्वर १ देखि १४ सम्मका दुई सय जना सर्वसाधारणहरुलाई चुल्हो उपलब्ध गराईएको उहाँले बताउनुभयो । 

नगर कार्यपालिकाको गत २०८० चैत्र २३ गतेको निर्णय वमोजिम प्राप्त निवेदन एवम् तोकिएको मापदण्ड पुरा गरेका लाभग्राहीहरुलाई उक्त चुलो र भाँडा सेट हस्तान्तरण गरिएको हो । 

आईतबार एक कार्यक्रमका बिच नगर प्रमुख पुष्प वादी र उपप्रमुख ईश्वरी शर्मा (विएम) ले लाभग्राहीहरुलाई विद्युतीय चुलो तथा भाँडा सेट हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा विद्युतीय चुलो प्रयोग गर्ने विधि र प्रयोग गर्दा ध्यानदिनुपर्ने कुराहरुको वारेमा समेत प्रशिक्षण दिईएको छ । 

वजारमा उक्त चुलो र भाँडा सेटलाई करिव ५ देखि ६ हजार मूलय पर्ने गर्दछ । नगरपालिकाको ७० प्रतिशत अनुदान कार्यक्रमले प्रति लाभग्राहीले १ हजारको साझेदारीमा उक्त विद्युतीय चुलो तथा भाँडा सेट प्राप्त गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्