जुम्ल्याहा छोरासहित बाँफिकोटकी एक महिला बेपत्ता 

शनिबार, जेठ २६, २०८१

रुकुम पश्चिमबाट छ वर्षका जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता हुनुभएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –८ निवासी २४ वर्षिया अंकीता केसी नाथ जुम्ल्याहा छोराहरु कुशल र किस्मत नाथसहित बेपत्ता हुनुभएको हो । 

छ वर्षका जुम्ल्याहा छोरासहित अंकीता गत जेठ १३ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिड्नुभएकी खत्री हालसम्म परिवारको सम्पर्कमा नआएपछि खोजी कार्यका लागि निवेदन प्राप्त भएको छ । 

खत्रीका ससुवा हरिबहादुर नाथले बुहारी र नातीहरुको खोजीकार्यको मागसहित प्रहरीमा निवेदन दिनुभएको हो । बेपत्ता खत्रीका श्रीमान् बैदेशिक रोजगारीको लागि देश बाहिर हुनुहुन्थ्यो । श्रीमती र छोराहरु बेपत्ता भएको खबरपछि उहाँपनि नेपाल फर्कनु भएको बताईएको छ । 

प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताउनुभयो । घरपरिवारबाट सम्पर्कविहिन आमाछोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्