६ वर्षको छोरा लिएर दश दिनदेखी आमा बेपत्ता 

शुक्रबार, जेठ २५, २०८१

रुकुम पश्चिमको मुसिकोटबाट ६ वर्षको छोरासहित एक महिला बेपत्ता हुनुभएको छ । 

मुसिकोट नगरपालिका –१ मठ निवासी २२ वर्षीया मञ्जु सार्की खड्का आफ्नो ६ वर्षको छोरा प्रतिक खड्कासँगै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

कार्यालयका सूचना अधिकारी बखत बहादुर शाहीका अनुसार जेठ १५ गतेदेखि आमाछोरा सम्पर्कविहिन भएको भन्दै मञ्जुका श्रीमान् रामबहादुर खड्काले खोजी कार्य लागि निवेदन दिनुभएको छ । 

उहाँले १९ गते खोजी कार्यका लागि र २३ गते कल डिटेल जाँचको मागसहित प्रहरीमा निवेदन दिनुभएको हो । प्रहरी निरीक्षक शाहीले बेपत्ता आमा छोराको खोजी कार्य जारी राखेको बताउनुभयो । उहाँले हुलिया परिपत्र गर्नुका साथै कल डिटेलको समेत प्रक्रिया अगाडि बढाईसकिएको जानकारी दिनुभयो । 

घरपरिवारबाट सम्पर्कविहिन आमाछोरालाई देख्ने वा भेट्नु हुनेले नजिकैको प्रहरी चौकी वा आफन्जनलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्