लोकप्रीय
थप समाज
बाँफिकोटका शिक्षण सिकाइ अनुदान शिक्षकका समस्या समाधान गर्न माग
मंगलबार, असोज १३, २०८३
बालबालिकाहरु लागु औषधको कुलतमा फसेको भन्दै चिन्ता
मंगलबार, असोज १३, २०८३
चाईनाबगरमा मध्यपहाडी भासिदा बढ्यो जोखिम
मंगलबार, असोज १३, २०८३
त्रिवेणीका अनुदान शिक्षक तथा विद्यालय कर्मचारी भन्छन् : 'जायज पाँच माग छन्, पुरा गरियोस्'
मंगलबार, असोज १३, २०८३
मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध
सोमबार, असोज १२, २०८३
भेरी नदिको टापुमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार
आइतबार, असोज ११, २०८३
सानीभेरी नदिको तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
आइतबार, असोज ११, २०८३
मुसिकोटको खलङ्गा बजारबाट एक महिला पक्राउ
शनिबार, असोज १०, २०८३

मष्टकैलाश आविका प्रधानाध्यापक धनप्रसाद शर्माले दुई कोठे विद्यालय भवनमा चार वटा कक्षा र एउटा कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो । एउटा कोठामा विद्यालयको कार्यालय राखिएको छ भने अर्को कोठामा कक्षा १, २ र ३ का बिद्यार्थीहरु राख्ने गरिएको छ । शिशु कक्षाका साना बालबालिकाहरुलाई भने माथिल्लो तला जानलाई ठाउँ राखिएको सिढिमूनीको कोलियामा राखेर पढाउने गरिन्छ ।
इन्द्रज्योती आविका प्रधानाध्यापक कल्पना बिएम बिष्टले कक्षा १ र २ का बालबालिकाहरु एउटै कोठामा राखेर पठाउने गरिएको बताउनुभयो । कक्षा १ का १७ जना र कक्षा २ का १८ जना बिद्यार्थीहरुलाई एउटै कोठामा लहरमा बसाएर पढाईन्छ । दुई कक्षाका लागि छुट्टाछुट्टै बोर्डको व्यवस्था गरिएतापनि पठनपाठन सहज नभएको उहाँको भनाई छ ।
आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले जाजरकोट भूकम्पपछि अधिकांश विद्यालय भवनमा क्षती पुगेपछि समस्या भईरहेको बताउनुभयो । विगत देखि नै भौतिक पूर्वाधारको अभाव खेपिरहेका शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भूकम्पले थप समस्या सिर्जना गरेको उहाँको भनाई छ ।




