लोकप्रीय
थप समाज
त्रिवेणीमा पुनर्निर्माण सम्झौता सम्बन्धी कार्यशाला
सोमबार, मंसिर २९, २०८२
मुसिकोटको साधनचौरमा एक पुरुषको शव फेला
आइतबार, मंसिर २८, २०८२
रुकुम पश्चिमको सुकिदहस्थित जंगलमा हड्डिमात्रै रहेको अवस्थामा शव फेला
बिहीबार, मंसिर २५, २०८२
रुकुम पश्चिमको झुल्नेटामा नेपाली सेनाको स्वास्थ्य शिविर, साढे तीन सय बिरामीलाई नि:शुल्क उपचार
बुधबार, मंसिर २४, २०८२
रानाले गरे चार विद्यालयका विद्यार्थी र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण
बुधबार, मंसिर २४, २०८२
सानीभेरीको हाँसुमा परिवर्तनशिल युवा क्लबले बनायो खेलमैदान
बुधबार, मंसिर २४, २०८२
सानीभेरीको ज्ञानकुञ्ज आविमा छैन शौचालय, दिसापिसाब गर्न खोला र जङ्गल जान्छन् विद्यार्थी
बुधबार, मंसिर २४, २०८२
अत्याधिक रक्तश्राव भएकी सुत्केरीको रुकुमबाट हवाई उद्धार
शनिबार, मंसिर २०, २०८२

मष्टकैलाश आविका प्रधानाध्यापक धनप्रसाद शर्माले दुई कोठे विद्यालय भवनमा चार वटा कक्षा र एउटा कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो । एउटा कोठामा विद्यालयको कार्यालय राखिएको छ भने अर्को कोठामा कक्षा १, २ र ३ का बिद्यार्थीहरु राख्ने गरिएको छ । शिशु कक्षाका साना बालबालिकाहरुलाई भने माथिल्लो तला जानलाई ठाउँ राखिएको सिढिमूनीको कोलियामा राखेर पढाउने गरिन्छ ।
इन्द्रज्योती आविका प्रधानाध्यापक कल्पना बिएम बिष्टले कक्षा १ र २ का बालबालिकाहरु एउटै कोठामा राखेर पठाउने गरिएको बताउनुभयो । कक्षा १ का १७ जना र कक्षा २ का १८ जना बिद्यार्थीहरुलाई एउटै कोठामा लहरमा बसाएर पढाईन्छ । दुई कक्षाका लागि छुट्टाछुट्टै बोर्डको व्यवस्था गरिएतापनि पठनपाठन सहज नभएको उहाँको भनाई छ ।
आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले जाजरकोट भूकम्पपछि अधिकांश विद्यालय भवनमा क्षती पुगेपछि समस्या भईरहेको बताउनुभयो । विगत देखि नै भौतिक पूर्वाधारको अभाव खेपिरहेका शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भूकम्पले थप समस्या सिर्जना गरेको उहाँको भनाई छ ।





-1765366045.jpg)