हावाहुरी आएपछि रुकुमको बिद्युत गायब !

'३० कर्मचारी फिल्डमा, लाईन आउने टुङगो छैन'
आइतबार, जेठ २०, २०८१

शनिबार बेलुका आएको हावाहुरीको कारण रुकुम पश्चिमको बिद्युत लाईन अवरुद्ध भएको छ ।

हावाहुरीको कारण सल्यानको श्रीनगरदेखि रुकुम पश्चिमको मुसिकोटसम्मको विभिन्न स्थानमा बिद्युत पोल र तारमा क्षती भएपछि आईतबार दिउँसोेसम्म पनि बिद्युत लाईन आउन सकेको छैन । 

विद्युत प्राधिकरणको रुकुम पश्चिमस्थित वितरण केन्द्रले एक दर्जन स्थानमा पोल ढलेको, भाँचिएका रुखले बिद्युत तार चुडिएको जनाएको छ । केन्द्रका प्रमुख शिवजीप्रसाद साहले आईतबार बिहानैदेखि समस्या पत्ता लागेका ठाउँहरुमा मर्मतका लागि कर्मचारीहरु परिचालन भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार ३० जना  बिद्युतका कर्मचारीहरु मर्मतको लागि फिल्डमा खटाईएको छ । तर, मर्मत सकिएर बिद्युत सेवा सुचारु हुनेबारे भने केहि टुङगो छैन । अहिले श्रीनगरदेखि मुसिकोट नगरपालिका ३ धैरेनीचौरमा रहेको सव स्टेशनसम्मका विभिन्न स्थानमा मर्मतको काम भने चलिरहेको छ । 

सल्यानको श्रीनगरदेखि र जाजरकोटको कुदुदेखि आउने दुबै लाइनमा समस्या आएपछि रुकुम पश्चिम र रुकुम पूर्वमा बिद्युत सेवा अवरुद्ध भएको छ ।

 बिद्युत सेवासँगै ईन्टरनेटको सेवा पनि समस्या आएको छ । जसको कारण सरकारी कार्यालयको कामकाजमा समेत प्रभाव परेको छ । बिद्युत र ईन्टनेट सेवा अवरुद्ध हुँदा सर्वसाधारका साथै व्यवसायीहरु समेत मारमा परेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्