गणतन्त्र दिवसको अवसरमा सानीभेरीमा ११ सय विरुवा रोपिए

मंगलबार, जेठ १५, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा १७ औ गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण र फलफुल बितरण गरिएको छ ।
नदि तटिय क्षेत्रमा पुरक वृक्षारोपण  क्रियाकलप अन्तर्गत  फुक्रुजिउलामा चार जातका ११ सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । प्रमुख परियारका अनुसार इपिल, सिमल, गोल्मर र सिसौ जातका बिरुवा लगाइएको छ ।
त्यस्तै गणतन्त्र दिवसको अवसरमा उपचाररत बिरामीहरूलाई फलफूल पनि  वितरण गरिएको छ । सानीभेरी गाउँपालिकाले पालिकाका अस्पताल छोटेबगरमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो । 

FB_IMG_1716907140179-1716909568.jpg
वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयका कार्यालय  प्रमुख शेरबहादुर परियार, गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा ९ नम्बर वडा अध्यक्ष शेर बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, ७ नम्बर वडाका कार्यवाहक वडा अध्यक्ष देउमा भण्डारी लगायत गाउँपालिका विभिन्न वडाका  जनप्रतिनिधिहरु कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्