स्वावलम्बनका केन्द्र प्रमुखसँग अन्तरक्रिया र बित्तिय साक्षरता

शुक्रबार, जेठ ४, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोटले एक दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार मुसिकोट नगरपालिका -१ खलंगामा अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख तथा सदस्यहरुको सहभागिता रहेको थियो । केन्द्र प्रमुखहरु बिचमा अन्तरक्रिया गरिनुका साथै सदस्यहरुलाई बित्तिय साक्षरताको बिषयमा सहजिकरण गरिएको थियो ।  

कार्यक्रमको सहजीकरण इलाका कार्यालय घोराही दाङका कलस्टर प्रमुख चन्द्र बहादुर थापाले गर्नुभएको मुसिकोट शाखा प्रमुख कमला कुमारी चलाउनेले बताउनुभयो । यस मुसिकोट शाखा अन्तर्गत रुकुम पश्चिम र रुकुम पूर्वमा गरेर ९० वटा केन्द्रहरु रहेका छन् । एक केन्द्रमा १० जना भन्दा बढी महिलाहरु सदस्य रहने व्यवस्था रहेको छ । 

WhatsApp-Image-2024-05-17-at-21.35.10_5f199a4f-1715962233.jpg
आजको कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो । केन्द्र नम्वर १५ को मिलिजुली स्वावलम्बन महिला केन्द्र प्रथम, केन्द्र नम्वर १८ को मखमली स्वावलम्बन महिला केन्द्र दोश्रो र केन्द्र नम्वर ४५ को गाउँबेशी स्वावलम्बन महिला केन्द्र तेस्रो स्थान हाँसिल गर्न सफल भएको शाखा प्रमुख चलाउनेले जानकारी दिनुभयो । 

प्रथम, दोश्रो र तेस्रो स्थान ल्याउन सफल केन्द्रलाई क्रमशः पाँच हजार, चार हजार र तीन हजार नगद रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी बाँफिकोट गाउँपालिकाका उपाध्यक्ष तारा बुढा, प्रहरी नायब उपरिक्षक नवराज पोखरेल, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवी बुढा मगर, बाँफिकोट गाउँपालिका वडा नम्वर ९ का वडा सदस्य कल्पना खत्री लगायतको आतिथ्यता रहेको थियो । 

436233995_7385610628200808_8892752572109168098_n-1715962236.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्